ढकालवंशको प्रारम्भिक र वर्तमान

कृष्ण प्रसाद ढकाल

Image वैदिक ऋषिहरु मध्ये ब्रम्हर्षि उपमन्यु हामी ढकालहरुका आदि पुरुष भएकाले याहाँ उनकै बारेमा चर्चागर्ने प्रयास गरिएकोछ । स्कन्धपुराण, शिवपुराण, बाशिष्ठग्रन्थ लगायतका पौराणिक पुस्तकहरुले गरेको ब््याख््या र विश्लेषण अनुसार श्रृष्टिकर्ता ब्रम्हाजीका मानसपुत्र ब्रम्हर्षि वाशिष्ठले सत्ययुगमा अक्षय तृतियाको शुभमुहुर्तका दिन भोलेबाबा र माता पार्वतीको बैवाहिक समारोह सम्पन्न गराएका थिए । उनै ब्रम्हर्षि बशिष्ठकी एक पत्नी अरुन्धतीबाट चित्रकेतु सहित ७ पुत्रको जन्म भएको थियो । व्याघ्रयोनी नाम गरेकी अर्की पत्नीबाट ऋषि व्याघ्रपाद सहित १९ पुत्र पैदा भएका थिए । तीनै महान यशस्वि भगवान श्री कृष्णका गुरु ऋषि व्याघ्रपादका दुई पुत्र रत्नहरुमा दाज्यु ब्रम्हर्षि उपमन्यु र भाई पाण्डवहरुका पुरोहित ऋषि धौम्य हुन् । ब्रम्हर्षि वशिष्ठ ऋषिका पत्नीहरुमा अरुन्धती, कपिञ्जली, घृताची र व्याघ्रयोनी चार पत्नीहरुको नाम चर्चामा आउँछ । यिनै ब्रम्हर्षि वशिष्ठ कुलमा “शक्ती” ऋषिका पुत्र पराशर ऋषि र सत्यवती (मत्स्यगंधा)का पुत्र श्रीकृष्णद्धैपायन (व्यास) लाई महाभारतमा समेत उल्लेख गरिएको पाइन्छ । यी बिभिन्न कोणबाट बिश्लेषण गर्दा ऋषि पराशर र ब्रम्हर्षि उपमन्युहरु, आफन्त सहित ब्रम्हर्षि वशिष्ठ कुलमा समकालिन देखिन्छन् । महाभारतको अनुशासन पर्वमा उल्लेख भएअनुसार भगवान श्रीकृष्ण ब्रम्हर्षि उपमन्यु आश्रममा पुग्नुभयो र वाँहा उपमन्युलाई “हे ब्रम्हर्षि” भनि सम्बोधन गर्नुभयो भनिएको छ, जसअनुसार ऋषिहरुको बर्गीकरणमा उपमन्यु ब्रम्हर्षि भएको कुरालाई पुष्टि गर्दछ । ऋग्वेद संहितामा पनि उपमन्युलाई ब्रम्हर्षिका रुपबाट वर्णन गरिएको पाइन्छ ः– सेमं नःकारुमुपमन्युमुद्धिदमिन्द्रःकृणोतुप्रसवे रथं पुरः त्वं जिगेथ न धना रुरोधिथार्भेष्वाजा मधवन् महत्सु च । (ऋ.१।१०२।९) ब्रम्हर्षि उपमन्युका पिता ब्याघ्रपादले आफ्ना सन्तान सानै छाडेर सन््यासाश्रम ग्रहण गरेकाले यिनको लालन–पालनको जिम्मा माता यशोवतीका काँधमा आइप¥्यो । घरायसी आवश्यकिय वस्तुहरुको अभावका कमरण केही राहत होला की ! भनि छोरालाई साथै लिएर माइत गईन्, लामो समय गुजारिन्, तर माइती घर यिनको दुःखमा सहयोगी बनेन, कष्टले यिनलाई छाडेन । माइतीले गाई पालेका थिए, “सुरभी” नामकी गाईको बिशेष चर्चाछ । मामाका छोराहरु मजाले गाइको दुध खान्थे, पिउँथ,े तर त्यो सुबिधा अरुलाई थिएन । यो पिडाको आक्रोस आमा तर्पm मोडिन्थ्यो र आमालाई दुध खान पिरोल्थे, अनेकौं प्रकारले सम्झाउने प्रयासगर्दा पनि नभएपछि अन्त्यमा आमाले पानीमा पीठो रयेलेर पनि दिइन्, तर उपमन्युले थाहा पाए स्विकारेनन् बालहठ अझ तिब्र भयो “दुध यसतो हुँदैन आमा गाईकै दुध दिनुहोस्” भन्दै रँडाको मच्चाउँदै, रुन–कराउन थालेपछि आमालाई बात्सल्य प्रेमले झनै आघात गरायो । उपाय बिहीन भएपछि अन्त्यमा आमाले भनिन्, “नानी हामीसँग गाई छैनन्, गाईको दुध नै खाने हो भने ईश्वरको आराधना गर बाबु !!” आमाको यसतो निर्णय सुनेपछि बालक उपमन्युले “ईश्वर काँहाछन् त ?” भनि प्रश्नगर्दा आमाले “ॐ नमशिवाय” नामक पञ्चाक्षरी मन्त्र जपगर्दै भगवान शिवको तपस्या गर तिम्रो मनोइच्छा अवश्य पुर्ण होला भनि अघोरास्त्र मन्त्रले काज फुकिदिइन् ! त््यसपछि उपमन्यु निर्र्र्दीष्ट स्थानमा पुगी अन्नजल त्यागेर भोलेबाबा शिवजीको कठोर तपस्या गर्नथाले, लामो समयपछि भगवान आशुतोष प्रशन्न भई माता पार्वतीले सहित भएर प्रकट हुनुभयो । शिवजीले उपमन्युलाई वरदान माग भन्दा आफुलाई खट्किएको बिषय दुध नै भएकाले “दुध दिनुहोस्,” भन्ने वरदान मागे । भगवान शिव ती बालकको तपस्या, बालअवस्था, भोलापन, आकर्षक रुप र सुन्दर भावभङ्गीले प्रशन्न भई दुवै हातले समाएर “ल तिमीलाई दुधको समुन्द्र नै वरदान दिएँ, तिमी ठूला ऋषि हुनेछौ” भनि आशिर्वाद दिंदै माता पार्वती तर्पm फर्केर “लेउ, उमा यो पनि आजबाट तिम्रै पुत्र भयो” भनि आफ्ना काखबाट माता पार्वतीका काखमा राखिदिनु भयो, भन्ने दृष्टान्त पाइन्छ । यसै घटना क्रमबाट “क्षीरसागर”को उत्पत्ती भएको हो भन्ने पनि भनाई छ । ब्रम्हर्षि उपमन्युले आफ्नो बाल्यकालको शिक्षादीक्षा गुरु“आयोदधौम्य”बाट पाएकाथिए, खरा स्वभाव भएका हुनाले उनको गुरुकुल आश्रममा शिष्यहरु तुलनात्मक रुपमा अन्य गुरुकुल भन्दा कमै हुन्थे, तर जतिले त्याँहा शिक्षादीक्षा लिए, ती सबै महान विद्धान भएर फर्केको इतिहाँस पाइन्छ । ब्रम्हर्षि उपमन्यु पनि आचार्य (महानगुरु) भए भन्ने “भक्तचरिताङ्क”मा उल्लेख गरिएकोछ । ब्रम्हर्षि उपमन्यु भित्रको शिवभक्ती सम्बन्धि चर्चा “माहाभारत, लिङ्गपुराण, कूर्मपुराण, शिवपुराण, श्रीमद्देवीभागवत, बाशिष्ठ ग्रन्थ” लगातका प्राचिन र पौराणिक ग्रन्थहरुमा बिस्तार पूर्वक वर्णन गरिएको पाइन्छ, के पनि भनिएको छ भने !! “कूर्मपुराण” उपमन्यु आश्रममै रचना भएको थियो । बाल्यकालमा शिक्षार्थी आरुणी, पाञ्चाल, वेदकासाथ गुरु आयोदधौम्यसँग विद्यार्जन गर्दाका समयमा गुरु आश्रममा कुश, समिधा र फलफुल खोज्नु पर्ने, गुरुको सेवा गर्नु पर्ने र गाईको हेरचाह गर्नुपर्ने कार्य उपमन्युको जिम्मामा परेको हुनाले सँधै बिहानै गाई चराउन जान्थे । दिउँसो ज्यादै भोक लागेको समयमा वनमा गाईको दूध पिएर जिविका चलाउँथे । केही समयपछि गुरुले उनी मोटोघाटो हुँदै गएको देखेर त्यसको कारण सोधे । उपमन्युले गाईको दूध पिएर आफ्नो भोक टार्दै आएको बताए, गुरु धौम्यले उनलाई गाईको दूध पिउने आज्ञा नदिइएको बारे जानकारी गराए । भोलीपल्ट पुनः दिउँसो ज्यादै भोक लागेको समयमा बाच्छाले माउको दुध पिइरहेको बेला ओकलेको पिंmजबाट आफ्नो भोक टार्नथाले । बेलुका घरमा आएपछि सँधै भैंm गुरुले आज के खायौ त ? भनि सोेधे, उनीले नढाँठिकन बाच्छाले माउको दुध पिइरहेको बेला ओकलेको फिंज खाएर भोकटारें गुरुजी भनि उत्तर दिए । त्यो सुनेपछि गुरुले त्यसो गरेमा बाच्छाको जीवन निर्वाहमा बाधा पुग्नजान्छ, भन्ने आदेश गरे । भोलीपल्टबाट बाच्छाले माउको दुध पिइरहेको बेला गाईको दुध पघ्रिए पछि पातमा दुध दुहेर खाई आफ्नो भोक टार्नथाले । बेलुका सँधैं भैंm पुनः गुरुले सोद्धा, मैले आज बाच्छाले माउको दुध पिइरहेको बेला गाईको दुध पघ्रिए पछि दुध पातमा दुहेर खाँए गुरुजी भन्ने जवाफ दिए । गुरुजी यस कुरामा पनि खुशि हुनुभएन, भोली पल्ट गाई चराउने क्रममा ज्यादै भोक लागेपछि अब के खाउँ त ? भनि यताउता हेर्दा आँकको पात देखेर खान लाग्दा अकस्मात त्यसको दुध उछिट्टिएर आँखामा प–यो र उनी अन्धा भए, बेलुका गाई लिएर घरतिर र्र्र्र्फिँर्कदँैगर्दा बाटोको भेउ नपाएर पोखरीमा डुब्नपुगे । बेलुका गाई त घर फर्किए, तर उपमन्यु आएनन् । रात परेकोले भोली पल्ट बिहानै गुरु आफ्ना शिष्यहरु सहित भएर उपमन्युलाई खोज्न निस्किए, खोज्दै जाँदा गुरुले बाबु ऽ उपमन्यु !! भनि बोलाउँदै थिए, उपमन्युले आफ्ना गुरुको स्वर सुनेर “म याँहा पोखरीमा डुबेको छु गुरुजी, हिजो दिउँसो मैले आँकको पात खाँदा त्यसको दुध उछिट्टिएर आँखामा परेकाले अन्धो भएर पोखरीमा डुबेको छु गुरुजी, हिड्न नै सकिन” भन्ने जवाफ दिएकाले, आवाज आएतिर गई नजिकबाट हेर्दा, उनको अवस्था देखि गुरुलाई अत्यन्तै करुणा भई अश्विनि कुमारको प्रार्थना गर्न लगाए । उपमन्युले अश्विनि कुमारको प्रार्थना गरे र आँखाको ज्योति पुनः प्राप्त गरे । आफुले बिभिन्न समयमा लिएका परिक्षाहरुको नतिजा सन्तोषजनक रहेको र यिनको हदैसम्मको इमान्दारिता र भोलापनका कारण गुरु अत्यन्त प्रशन्न हुनुभयो, जसको फलस्वरुप उनलाई सम्पुर्ण वेद र धर्मशास्त्रहरुमा पारङ्गत हुने आशिर्वाद दिनुभयो । यस घटनाक्रमका कारण उपमन्युका वंश भित्र होमादी लगायतका कार्यमा अश्विनि कुमारकालागि पनि यज्ञको भाग दिने चलन चलेको हो भनिन्छ । ब्रम्हर्षि उपमन्युको बाल््यकाल सहित सम्पुर्ण जीवनी हेर्दा अनुशासन, इमान्दारिता, विद्धता र वीरताले भरिपुर्ण छ । यसता महान ब््यक्तित्वका सन्तान हामी ढकालहरु भित्र पनि कतिपय ब्यक्तिहरुले ठुलो महत्वपुर्ण कार्य गरेका छन् भने मान समेत प्राप्त गरेकाछन् । जसको अभिलेख संग्रह अनिवार्य छ, जसले हाम्रा पुर्वजहरुका वीरताका प्रशंसनिय गाथाहरु लोप हुनदिदैंन । मुलुकको ऐतिहाँसिक विश्लेषणहरुले देखाएअनुसार पुर्वज हीरामणि ढकाल औषधी वीज्ञ र नाडी विशेषज्ञ भएको पाइन्छ । वंशावलीअनुसार सतहुँ राज्यमा असाध्यै बिरामी परेकी रानीको माथ्लोतलाको शयनकक्षबाट नाडीमा धागो बाँधेर तल्लो तलामा झारिदिएको र त्यही धागोको माध्यमबाट नाडीसंचार गति पत्ता लगाई उपचार गर्दा निको भएकीले सतहुँका राजगुरु भई सम्मानका साथ बसेको इतिहाँस भेटिन्छ । कुलानन्द जैसी (ढकाल)ले पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानको थालनिका बर्षहरुमा महत्वपुर्ण योगदान पु–याएका थिए । कुलानन्द ढकालले नै उनलाई पहिलो पटक चन्द्रागिरीबाट काठमाण्डौं उपत्यका देखाएको इतिहाँस छ । त्यसैगरी सिन्धुपाल्चोक जरायोटारका भवानीशङ्कर उपाध्याय (ढकाल)ले नेपालको पुर्वीएकिकरण अभियानमा ज्योतिषी विद्याबाट महत्वपुर्ण योगदान पु¥्याएको पाइन्छ । पण्डित जयपतिले बि.स.१७७२मा खोटाङको “मात्तिम कुशबिर्ता” सेनबंशीय राजा शुभसेनबाट पाएका थिए । उनका साथमा सँधै दाहिने शंख, वैजयन्तीको जपमाला, वेद पुस्तक, बाघको छाला र बैठकलौरी रहने गर्दथ्यो । यिनी नदी वारिपारि गर्नुपर्दा वेदका मन्त्रहरु जप्दै कुशमा बसेर तर्ने गर्दथे भनिन्छ । “जातिभाष्कर”मा उल्लेख गरिएअनुसार वैदिककालिन ब्रम्हर्षि उपमन्युका बंशज हामी ढकालहरु मध्यप्रदेशको कन्नौज (प्राचिन कान्यकुब्ज)मा बसोबास गरेको ऐतिहाँसिक पृष्ठभुमी रहेको जनाएकोछ । समय गुज्रदैं जाँदा बंशबृद्धि हुँदैगयो । आफ्ना सन्ततिहरुको भविश्य सुरक्षित र सुखको अभिलाषाले उर्वर भुमी खोजीगर्दै कुमाउँ, गढवाल हुँदै महाकाली नदी तरेर नेपालको डोटी (हाल अछाम जिल्ला) ढाकुमा आई बसोबास थालेको कुरा सबै बन्धुहरुमा जानकारी रहेकाले यसैका आधारबाट बंशावली निर्माण तर्पm बन्धुहरुको जोस, जाँगर र अग्रसरता बढेको देखिएको छ । हाम्रो ढकालबंशका पूर्वजहरुमा आँट, जाँगर, बिद्धता र सोचेर पाइला अघि बढाउने होसियारी तुलनात्मक रुपमा अन्य जातीहरु भन्दा तिक्ष्ण देखिन्छ ! विगतमा कुनै पनि क्षेत्रका शासक वा राजाहरुलाई र समुदायलाई सहजै रिझाउन सक्ने, बिश्वास आर्जन गर्नसक्ने र मर्यादित ब्यक्तित्वको रुपमा, महत्वपुर्ण सार्वजनिक पदमा वा स्थानमा रहनसक्ने कला भएको देखिन्छ, जसका कारणबाट धेरै प्रकारका माफि बिर्ताहरु, प्रशंसाहरु, महत्वपुर्ण सार्वजनिक पदहरु हाम्रा पुर्वजहरुले प्राप्त गरेकाछन्, जसलाई हामीले हाम्रो सामुहीक गौरवको रुपमा लिनुपर्दछ । जस्तोः– आक्षामको ढाकामुली, स्यांजा, गोरखा, धादिङको डेढुवा, तनहुँ, बाग्लुङको कोराङ, काठमाण्डुको शोभा भगवती मन्दिरको सामुन्नेको कुसुले चौरतर्पmको फाँट , मुलपानी, बालाजु, सुन्दरीजल, पाँचथरको तिरतिरे, सिन्धुपाल्चोकको शिखरपुर, जरायोटार, बिलासपुर, खोटाङको मात्तिम(१७७२), लिच्की, बाराह पोखरी, पण्डितचौर, भोजपुरको याकु(१७९२), दिङ्लाको स्यामी, संखुवासभाको चैनपुर, दिक्तेल, शिखरपुर,इलामको नामसालिङ लगायत धेरै ठाउँहरुमा ढकालहरुले गौरवकासाथ सम्पुर्ण माफि बिर्ताहरु आर्जन गरेको देखिन्छ । विगत लामो समयदेखि बन्धुहरुकै सक्रियतामा बन्धु–वान्धवको सङ्गठन बिस्तारको शिलशिला र वंशावली निर्माणको पुनित उद्धेश्य लिएर बि.सं. २०५७ मा “ढकाल बन्धु हीत तथा वंशावली एकिकृत समाज” नामक सस्ँथा गठन गरेर पवित्र कन्काईमाई काटीहोम, झापामा केन्द्रिय कार्यालय स्थापना गरी बन्धुहरुको हितसम्बन्धि बिभिन्न गतिबिधि र कार्यक्रमहरु संचालन हुँदै आएकाछन् । त्यसैअनुसार बि.सं. २०७२मा यसै केन्द्रिय समितिको निर्णय अनुसार बंशावली निर्माण गर्ने उद्धेश्य उद्घोष गर्दै बि.सं.२०७२ चैत्र २ गते शोभायात्रा गरी प्रखर पुराणवाचक आदरणिय बन्धु पं.श्री घनश्याम ढकालज्युका मुखारविन्दबाट प्रस्फुटित अमृतवाणीको रसास्वादन गर्दै “सप्ताहव्यापि श्री मद्भागवत पुराण”को आयोजना गरिएको थियो । उक्त पावन अनुष्ठान सफल गराउन बिभिन्न उपसमितिहरु निर्माण गरिएका थिए, “वंशावली निर्माण र अभिलेख उप–समिति” को निर्माण गरिएको थियो, जसमा मलाई संयोजकका रुपमा बन्धुहरुले राख्नु भएकोछ । उक्त पावन अवसरको समुउद्घाटन कार्यक्रम गृहमंत्रालयमा लामो समय सह–सचिवमा रहेर मध्यमाञ्चल क्षेत्रीय प्रशासकमा बढुवा हुनुभई कार्यरत आदरणिय बन्धु “श्री लक्ष्मी प्रसाद ढकालज्यु”का कर–कमलबाट भएको थियो । त्यस पावन अवसरमा केन्द्रिय कार्यसमितिको निर्णय अनुसार र बंशावली निर्माण समितिको संयोजकका तर्पmबाट मुलुकका अधिकांश ठाउँबाट बन्धुहरुलाई यस महान पुन््यार्जन अभियानमा सहभागिताकोलागि निम्त्याइएको थियो । त्यसैअनुरुप बिभिन्न जिल्लाहरुबाट धेरै बन्धुहरुको आगमन, उपस्थिति र सहभागिता रह््यो । अछाम जिल्ला समेतबाट बंशावली निर्माणमा अहोरात्र लागिरहनु भएका बन्धुहरु श्री यज्ञ प्रसाद, कृष्ण प्रसादको सहभागिता अझ प्रशंसनिय बन्नगयोे, जसको सन्देश अधिराज्यका अधिकांश बन्धुहरुमा पंैmलिदै पश्चिम माहाकालीसम्म पुगेको प्रतिक्रियाका स्वरुपहरु, प्राप्त सुझाव, प्रशंसा र बधाई ज्ञापनहरुले प्रमाणित गरेको सबै बन्धुहरुमा महशुस भएकैछ । जसले बंशावली निर्माणको महान अभियानलाई थालनि गर्नुपर्छ, भन्ने बिषयलाई झक्झक््याएकोछ,, ब्युँझाएकोछ । त्यसपछि २०७३ सालमा संचालित अनुष्ठानको आन्तरिक राजश्व बिभागका महानिर्देशक चुणामणी शर्मा (ढकाल) ज््युबाट समुद्घाटन भई संचालित अनुष्ठानकै लगभगबाट वाँहाकै असिम प्रेरणा र हौसलाका कारण झापा पवित्र कन्काईमाई कोटिहोम परिसरमा सम्पुर्ण बन्धुहरुको केन्द्रिय समितिको नेतृत्वमा भब््य भवनको निर्माण सम्पन्न गरियो । भवन निर्माणको चटारोका कारण २०७४ सालमा अनुष्ठान संचालनको समय रहेन । पुनः आराध््यदेव भोलेबाबाको असिम अनुकम्पा होला २०७५ सालको एकादशीय शिवमहापुराणको समुद्घाटन ब्रम्हर्षि उपमन्युका सन्तान हामी ढकालबन्धुका कुलदीपक न््यायकानुन तथा संसदीय ब््यवस्था मन्त्री माननिय श्री भानुभक्त ढकालज््युका करकमलबाट उक्त नवनिर्मित भवनमा गराउन सफल भएकाले आज ढकाल बन्धुहरुमा हर्षाेल्लास सहित नयाँ जोसजाँगर प्राप्तिको अनुभुती भएकोछ । केन्द्रिय कार्यालयको पनि उँचाईमा थप बृद्धि हुनगएको छ । वंशसम्बन्धि प्राचीन इतिहाँस, सस्ँकृति, परम्परा, रीतिरिवाज, धर्म एवं सस्ँकारयुक्त ब्यवहारिक कुराहरुलाई समेटेर वर्णन गरिएको अभिलेखीय ग्रन्थलाई नै वंशगीता भन्ने चलन छ । वंशगीता यथार्थतामा आधारित हुनुपर्दछ, सबै बन्धुहरुले आफ्ना बंशका बारेमा र कुलका बारेमा यथेष्ठ जानकारी राख्नुपर्छ, जसले आफ्नो थरगोत्रको प्राचिन अवस्था, पौराणिक गाथा, आध्यात्मिकता, सामाजिक र धार्मिक सस्ँकार आदिका बारेमा जानकारी गराउन र पाउन मदत गर्दछ । बंशगीताका माध्यमबाट नै पुस्ता–पुस्ताको क्रम थाहाहुने, छुट्टिने हुनाले नीति र धर्मशास्त्र अनुसार भाई–भाईहरु बीच पितृ–तर्पण गर्ने, जुठो–सुतक बार्ने तथा चाड–पर्वहरु मनाउने जस्ता कार्यहरु गर्न सहज हुन्छ । बंशगीताको अध्ययन सजिलो भएपनि यसलाई पुस्तकाकारको रुपसम्म ल्याईपु–याउन भने त्यति सहज र सरल छैन । यसको संकलनका क्रममा लिखित प्रमाणहरु शिलालेख, बिर्ता, भोजपत्र, ताम्रपत्र, सनद, सवालहरुलाई सहयोगीका रुपमा लिनसकिन्छ भने अलिखित प्रमाणहरुमा जस्तो सुनेका, जनधारणा, किम्बदन्ति, बुढापाकाहरुको भनाई समेतको साहारा लिनु पर्नेहुन्छ । यथार्थ रुपमा भन्ने हो भने बंशावलिको महत्व, सामाजिक मान्यता अनुसार अलग्गै अस्तित्वकोमहान ग्रन्थ ठान्दा अतिसयोक्ति भने हुनेछैन । अन्त्यमा ब्रम्हर्षि उपमन्युका बारेमा संक्षेपमा भन्नुपर्दा परम शिवतत्व ज्ञानी, परमयोद्धा, आदर्शशिष्य, मातृवत्सल, अघोरास्त्रज्ञ (इन्द्रलाई अघोरास्त्र फ््याक्न सक्ने, आफुले आपैंmलाई दहन गर्नसक्ने), पराक्रमी, ब्रम्हवेत्ता, वेदवेदाङ्ग पारङ्गत, वंश प्रवर्धक र ब्रम्हर्षी समेत भएकाले तिनै ब्रम्हर्षिका सन्तती हामी ढकालहरु आपैंmमा अत्यन्त महान् र भाग्यशाली भएको कुरा गर्वकासाथ भन्न पाउँदा सबैमा ज्यादै हर्ष र गौरवको अनुभुति हुनु स्वाभाविकै ठहर्छ । ।।अस्तु।।

krishnadhakal251@gmail.com

Copyrights © 2019-2020 & All Rights Reserved by Karajuna.